Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

चन्द्रागिरि नगरपालिकामा डेंगुको निःशुल्क परीक्षण

चन्द्रागिरि नगरपालिकामा डेंगुको निःशुल्क परीक्षण

  • 365
    SHARES
  • चन्द्रागिरि नगरपालिकामा डेंगुको निःशुल्क परीक्षण

    काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट डेंगुको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइको छ । चनपा-४ स्थित उक्त अस्पतालबाट अहिले दैनिक डेंगुको निःशुल्क परीक्षण तथा उपचार समेत भइरहेको छ ।

    नगरप्रमुख घनश्याम गिरीले नगरवासीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई नगरवासीलाई डेंगुको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको जानकारी दिए ।

    उनले भने, ‘नगर क्षेत्रभित्र पनि डेंगु रोगको संक्रमणको जोखिम बढ्दो क्रममा देखिएकाले स्वास्थ्य सतर्कता अपनाउन म नगरवासीलाई हार्दिक अनुरोध गर्दछु ।’

    अस्पतालका प्रमुख डा.हेमनाथ आचार्यले डेंगुको निःशुल्क परीक्षण तथा उपचार भइरहेको बताए । डा.आचार्यका अनुसार अस्पतालमा हालसम्म जटिल प्रकारका डेंगु संक्रमित भर्ना भएका छैनन् ।

    पन्ध्र श्ययाको अस्पतालले डेंगु परीक्षणका लागि आवश्यक कीटको व्यवस्था नगरपालिकामार्फत मिलाएको छ । लामखुट्टेको टोकाइबाट डेंगु हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको उनको भनाइ छ ।

    डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ र बर्षातको मौसम सुरु भएपछि डेंगु ज्वरोको समस्या बढ्न थाल्दछ ।

    एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ ।

    यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगुको लक्षण रहेको डा.आचार्यले बताए ।

    डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हम जस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्‍याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij