Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

विद्यालय कर्मचारी परिषद् र प्रचण्डबीच भेटवार्ता, तपाईंहरूको मागबारे प्रधानमन्त्री र अर्थ मन्त्रीलाई सँगै राखेर कुराकानी गर्छु : प्रचण्ड

विद्यालय कर्मचारी परिषद् र प्रचण्डबीच भेटवार्ता, तपाईंहरूको मागबारे प्रधानमन्त्री र अर्थ मन्त्रीलाई सँगै राखेर कुराकानी गर्छु : प्रचण्ड

  • 4.1K
    SHARES
  • विद्यालय कर्मचारी परिषद् र प्रचण्डबीच भेटवार्ता,  तपाईंहरूको मागबारे प्रधानमन्त्री र अर्थ मन्त्रीलाई सँगै राखेर कुराकानी गर्छु : प्रचण्ड

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर आफ्नो मागबारे पुनः ध्यानाकर्षण गराएको छ । यसअघि समितिले प्रचण्डको निवास ललितपुरस्थित खुमलटारमै पुगेर ध्यानाकर्षण गराएको थियो ।

    images

    पार्टी कार्यक्रमका लागि चितवनमा रहेका प्रचण्डलाई विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी, महासचिव शान्तिनाथ योगीलगायतले चितवनमै भेटेका हुन् ।

    महासचिव योगीले प्रचण्डले माग पूरा गराउने आश्वासन दिएको वेबटिभी खबरलाई सोमबार बताए ।

    उनले भने,‘प्रचण्डज्यूलाई हामीले उहाँको निवासमै भेट्ने समय मागेका थियौं । उहाँको व्यस्तताले समय पाएका थिएनौं । प्रचण्डज्यू चिवतन आउनु भएको रहेको छ । चिवतनका विद्यालय कर्मचारी साथीहरूले उहाँसँग भेटको समय मिलाएर खबर गर्नुभयो । हामी काठमाडौंमा भएको मान्छे रातारात चितवन पुग्यौं । र, प्रचण्डज्यूसँग भेट्यौं ।’

    प्रचण्डले विद्यालय कर्मचारीका मागको विषयमा जानकार रहेको बताउँदै काठमाडौं फर्किएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मासहित आफू बसेर माग पूरा गर्न सकिने विषयमा कुराकानी गर्ने बताए ।

    प्रचण्डको भनाइ उद्धृत गर्दै महासचिव योगीले वेबटिभीलाई भने,‘तपाईंहरूले भन्नुभएको कुरा मलाई सबै थाहा छ । पहिला पनि भन्नुभएको थियो । ठूलो धनराशीमा ब्ययभार बढ्ने भयो भन्ने विषयमा मात्रै सोचनीय भएको हो । छलफल भएको हो । टुंगो लागेको छैन । निर्णय हुन सकेको छैन । म आज या भोलिभित्र यहाँबाट हिँड्छु । काठमाडौं पुगेपछि प्रधानमन्त्री र अर्थ मन्त्रीलाई राखेर तपाईंहरूको समस्या समाधान गर्छु ।’

    विद्यालय कर्मचारीको माग सम्बोधनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology