Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा सुधार ल्याएपछि विद्यार्थी आकर्षित

सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा सुधार ल्याएपछि विद्यार्थी आकर्षित

  • 581
    SHARES
  • सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा सुधार ल्याएपछि विद्यार्थी आकर्षित

    कञ्चनपुर । कञ्चनपुरमा पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा सुधार ल्याएपछि सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या बढेको हो ।

    images

    कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर माध्यमिक विद्यालयमा गत वर्षको भन्दा यस वर्ष विद्यार्थीको संख्या बढेको छ ।

    वि.सं. २०७५ मा नौ सय विद्यार्थी संख्या रहेको विद्यालयमा पाँच वर्षको अवधिमा एक हजार सात सय पुगेको छ ।

    वि.सं. २०७६ मा विद्यालयमा एक हजार एक सय विद्यार्थी अध्ययनरत रहेकोमा २०७७ मा विद्यार्थीको संख्या बढेर एक हजार सात सय पुगेको विद्यालयका प्राचार्य ललित साउदले बताए ।

    वि.सं.२०७८ मा विद्यालयमा एक हजार नौ सय विद्यार्थी अध्ययनरत रहेकोमा यस वर्ष विद्यार्थी संख्या बढेर दुई हजार दुई सय पुगेको उनले बताए ।

    ‘हरेक वर्ष हाम्रो विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या बढेको छ,’ उनले भने,‘हामीले पनि हरेक वर्ष गुणस्तर बढाउँदै लगेका छौँ ।’

    उनले सामुदायिक पनि अंग्रेजी माध्यमबाट शिक्षा दिन थालेपछि विद्यार्थी तथा अभिभावकको आकर्षण बढेको जानकारी दिए ।

    ‘सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यममा अध्यापन हुन थालेको छ यसले पनि सामुदायिक विद्यालयप्रति आकर्षण बढेको हो,’ उनले भने,‘सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सरकारले पनि धेरै लगानी गरेको छ ।’

    उनले माध्यमीक तहमा सामुदायिक विद्यालयमै प्राविधिक धारका कक्षासमेत सञ्चालन भएपछि विद्यार्थीको संख्या बढेको जानकारी दिए ।

    ‘हामीले प्राविधिकतर्फ कृषि, ओभरसेयर, सव–ओभरसेयरका कक्षा सञ्चालन गरेका छौँ,’ उनले भने, ‘विद्यालयको गुणस्तर सुधार र शैक्षिक क्रियाकलापले पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको चाप छ ।’

    उनले विद्यार्थीको संख्या बढेपछि कक्षामा सेक्सनसमेत थप भएको बताए ।

    सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि छात्रवृत्ति, विद्यालयमा खाजा र राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रम ल्याएपछि विद्यार्थी र अभिभावकको आकर्षण बढेको उनले बताए ।

    महेन्द्र माध्यमिक विद्यालयले यस वर्षदेखि कानुन संकायको समेत अध्ययपन गराउन थालेपछि यहाँ आउने विद्यार्थीको संख्या बढेको उनले बताए ।

    त्यसैगरी निङ्लाशैनी माध्यमिक विद्यालयका प्राचार्य भवानी पन्तका अनुसार विगतका वर्षहरूको तुलनामा यस वर्ष सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढेको छ । विद्यालयले पढाइ र व्यवस्थापनमा सुधार ल्याए यसले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढेको छ । हाम्रो विद्यालयमा पनि गत वर्षको भन्दा १० प्रतिशतले विद्यार्थीको संख्या बढेको छ ।

    कोरोना महामारीपछि आर्थिकरूपले धराशायी भएकाले पनि सामुदायिक विद्यालयमा भर्ना हुनेको संख्या बढेको शिक्षकको बुझाइ छ । सांकेतिक तस्बिर 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology