Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

शिक्षक नियुक्ति, बढुवा, दरबन्दी मिलानसम्बन्धी शिक्षा मन्त्रालयले के गर्‍यो ?

शिक्षक नियुक्ति, बढुवा, दरबन्दी मिलानसम्बन्धी शिक्षा मन्त्रालयले के गर्‍यो ?

  • 2.7K
    SHARES
  • शिक्षक नियुक्ति, बढुवा, दरबन्दी मिलानसम्बन्धी शिक्षा मन्त्रालयले के गर्‍यो ?

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक नियुक्ति, बढुवा, दरबन्दी एवम् पेसागत विकाससम्बन्धी कार्यहरूको जानकारी दिएको छ । आर्थिक वर्ष २०७८/७९ मा मन्त्रालयबाट गरिएका कार्यहरू सार्वजनिक गर्दै उक्त कार्यको जानकारी दिइएको हो ।

    images

    शिक्षक बढुवा (३,३०९ जना) र खुला पदपूर्ति (१७,२५१ जना) को विज्ञापन गरी परीक्षा सञ्चालन भएको र बढुवाको नतिजा प्रकाशन भई सिफारिस भैसकेको मन्त्रालयले जनाएको छ ।

    निम्न माध्यमिक तथा माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्रको विज्ञापन भई माध्यमिक तहको नतिजासमेत प्रकाशन भइसकेकोलाई मन्त्रालयले आफ्नो कार्यको रूपमा उल्लेख गरेको छ । माध्यमिक तहमा ३९.९६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।

    त्यसैगरी मन्त्रालयले दरबन्दी मिलानका लागि स्थान्तरण हुनुपर्ने १२,८३५ जना शिक्षकमध्ये ९,९८६ शिक्षक स्थानीय तहभित्र तथा जिल्लान्तर सरुवा गरी मिलान सम्पन्न भएको जनाएको छ ।

    न्यून शिक्षक दरबन्दी आपूर्तिका लागि माध्यमिक तहमा गणित, विज्ञान र अंग्रेजी विषयका ४,७५० जना र आधारभूत तह कक्षा ६–८ मा २,६०० जना शिक्षक व्यवस्थाका लागि बजेट व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ ।

    कूल २१,००० शिक्षकका लागि सेवाकालिन पेसागत तालिम सञ्चालन गरिएको पनि मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology