Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

महामारीको कठिन समयमा सामाजिक सञ्जालबाट टाढै रहनुहोस्ः शिल्पा सेट्टी 

महामारीको कठिन समयमा सामाजिक सञ्जालबाट टाढै रहनुहोस्ः शिल्पा सेट्टी 

  • 799
    SHARES
  • महामारीको कठिन समयमा सामाजिक सञ्जालबाट टाढै रहनुहोस्ः शिल्पा सेट्टी 

    मुम्बई । बलिउड अभिनेत्री शिल्पा सेट्टीले कोरोना भाइरसको महामारीका कारण मानिसमा हुन सक्ने मानसिक समस्याप्रति सजग हुन आग्रह गर्दै अहिलेकाे अवस्थामा सामाजिक सञ्जालबाट टाढै रहन आग्रह गरेकी छन् ।

    images

    उनले सोमबार इन्स्टाग्राममा लेखेकी छन्, ‘तपाईको वरिपरि भइरहेको स्थितिबाट विचलित हुनु भएको छ भने सामाजिक सञ्जालबाट ब्रेक लिनु आवश्यक छ । कोभिड १९ विरुद्ध संघर्ष गरिरहेका व्यक्तिसँग रहेका वा सहयोगका लागि संसाधन जुटाउन आवश्यक परेका सबै सामाजिक मिडियाबाट टाढा रहनुहोस् । मलाई लाग्छ यो लडाई हामी कसैलाई पनि सजिलो छैन । केहि समय बन्द गर्नुहोस् ।’ 

    शिल्पाले थप लेखेकी छन्, ‘तपाई मानसिक रुपमा आफ्नो खुट्टामा उभिन, सोच्न, स्वस्थ रहन र अरूलाई सहयोग पुर्‍याउन मद्दत पुर्‍याउन सक्ने अवस्थामा हुनुपर्छ । आफूलाई बलियो बनाउन जे गर्न सक्नुहुन्छ, त्यो गर्नुहोस् र बलियो रहनुहोस् । सुरक्षित रहनुहोस् ।’

    शिल्पाको परिवारमा शिल्पाबाहेक सबै परिवारका सदस्य कोरोना भाइरसबाट संक्रमित भएका छन् । शिल्पाका ८ वर्षका छोरा वियान, पति राज कुन्द्र, आमा, सासु ससुरा सबै संक्रमित घरमै चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बसेका छन् । 

  • सम्बन्धित विषय:

  • # बलिउड

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology