Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

विद्यालय कर्मचारी परिषद् नवलपुरको अध्यक्षमा भुजेल

विद्यालय कर्मचारी परिषद् नवलपुरको अध्यक्षमा भुजेल

  • 1.1K
    SHARES
  • विद्यालय कर्मचारी परिषद् नवलपुरको अध्यक्षमा भुजेल

    काठमाडाैं । नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला नवलपुरको प्रथम जिल्ला अधिवेशन नवलपुरको कावासोतिमा सम्पन्न भएको छ ।

    images

    अधिवेशनले कालिका माविका लेखापाल सुरज कुमार भुजेलको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

    अधिवेशन नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला तदर्थ समिति नवलपुरका अध्यक्ष कृष्ण प्रसाद गौडेलको अध्यक्षता, नेपाल कर्मचारी परिषद् केन्द्रीय समितिका अध्यक्ष गंगाराम तिवारीको प्रमुख आतिथ्यता, कावासोती नगरपालिकाका नगर उपप्रमुखको विशिष्ठ आतिथ्यता, जिल्ला शिक्षा समन्वय इकाइ नवलपुरका प्रमुखको विशेष आतिथ्यता, नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष र सदस्यहरू, नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रीय समितिका महासचिव शान्तिनाथ योगी र शिक्षक संघसंगठन जिल्ला र कावासोती नगरपालिकाका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा स्वागत मन्तव्य अम्बिका बराल राखेकी थिइन् भने कार्यक्रम सुरज कुमार भुजेलले सञ्चालन गरेका थिए । कार्यक्रम श्री शिव मावि कावासोती–२ को सभाहलमा भएको थियो । 

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology