Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

माध्यमिक तहको विद्यालयमा छुट्टै प्रधानाध्यापक पदको सिर्जना गर्ने मन्त्रालयकाे योजना

माध्यमिक तहको विद्यालयमा छुट्टै प्रधानाध्यापक पदको सिर्जना गर्ने मन्त्रालयकाे योजना

  • 30.5K
    SHARES
  • माध्यमिक तहको विद्यालयमा छुट्टै प्रधानाध्यापक पदको सिर्जना गर्ने मन्त्रालयकाे योजना

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक तहको विद्यालयमा छुट्टै प्रधानाध्यापक पदको सिर्जना गर्ने योजना अघि सारेको छ । मन्त्रालयले ५,१० र १५ वर्षभित्र गर्न सकिने कार्य योजना सार्वजनिक गर्दै प्रधानाध्यापकको छुट्टै पदको सिर्जना गर्ने भनेको हो ।

    images

    प्रधानाध्यापकलाई प्राज्ञिक र प्रशासनिक रूपमा अधिकार सम्पन्न एवम् स्वायत्त बनाउने पनि मन्त्रालयको योजना छ ।

    कार्य सम्झौताका आधारमा कार्य सम्पादन गर्न प्रधानाध्यापकलाई स्वायत्तता दिने बताउँदै मन्त्रालयले विद्यालय विकास अवधारणा पत्रको आधारमा कार्य सम्झौता गरी प्रधानाध्यापक नियुक्ति गर्ने भनेको छ ।

    प्रधानाध्यापक हुन निश्चित अवधिको व्यवस्थापकीय तथा नेतृत्व विकाससम्बन्धी तालिम अनिवार्य गर्ने मन्त्रालयको योजना छ ।

    मन्त्रालयको भनाइमा प्रत्येक वर्ष उत्कृष्ट शिक्षक, उत्कृष्ट विषय शिक्षक, उत्कृष्ट प्रधानाध्यापक र उत्कृष्ट वर्ष शिक्षक घोषणा गरिनेछ ।   

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology