Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

डेंगु नियन्त्रण गर्न के गर्दैछ काठमाडाैंकाे कागेश्वरी मनोहरा नगरपालिका ?

डेंगु नियन्त्रण गर्न के गर्दैछ काठमाडाैंकाे कागेश्वरी मनोहरा नगरपालिका ?

  • 332
    SHARES
  • डेंगु नियन्त्रण गर्न के गर्दैछ काठमाडाैंकाे कागेश्वरी मनोहरा नगरपालिका ?

    काठमाडौं । डेंगु संक्रमणले देशभरका सबैजसो जिल्लालाई प्रभावित बनाएको छ । खासगरी काठमाडौं उपत्यकामा यसको संक्रमण दिनहुँ बढीरहेको छ ।

    images

    नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र स्थानीय तहले डेंगु नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको, रोकथामको प्रयासमा ढिलाइ गरेको, ढिलासुस्तीका कारण डेंगु व्यापक फैलिएको स्वास्थ्य विज्ञले बताएका छन् ।

    काठमाडौं महानगरलगायत उपत्यकका स्थानीय तहले डेंगु नियन्त्रणका लागि सुरुवातमा खासै चासो नदेखाउँदा अहिलेकाे जटिल अवस्था निम्तिएको हो । अहिले डेंगु संक्रमितको संख्या बढ्दै गएपछि देशभरका स्थानीय तह ढिलै भए पनि नियन्त्रणको प्रयासमा जुटेका छन् ।

    के गर्दैछन् काठमाडौंका स्थानीय तह ?

    डेंगुबाट आक्रान्त बनेको काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकाले बल्ल डेंगु नियन्त्रणका लागि सरसफाइ र सचेतना अभियान सुरु गरेको छ । डेंगुबाट यो नगरपालिका क्षेत्रका तीन जनाको निधन भइसकेको छ ।

    नगरवासीले काठमाडौंका विभिन्न निजी तथा सरकारी अस्पतालहरूमा डेंगु परीक्षण गरेकाले नगरपालिकासँग अहिलेसम्म कति जना डेंगु संक्रमित भए भन्ने यकिन तथ्यांक भने छैन ।

    डेंगु रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी लगायत विभिन्न संस्थासँग समन्वय गरेर नगरपालिकाका ९ वटै वडामा सरसफाइसँगै जनचेतना मुलक कार्यक्रम सञ्चालन भइरहेको नगरप्रमुख उपेन्द्र कार्कीले बताए ।

    पानी जमेका खाल्डाखुल्डी पुर्ने र डेंगु संक्रमण फैलाउने लामखुट्टेका लार्भा खोजी गरेर नष्ट गर्ने काम पनि नगरपालिकाले गरिरहेको छ । डेंगु संक्रमण कसरी हुन्छ र यसबाट बच्न के कस्ता उपायहरू अपनाउन सकिन्छ भन्ने जानकारी पनि नगरवासीहरूलाई माइकिङमार्फत दिइएको नगर प्रमुख कार्कीले बताए ।

    हरेक शनिबार सबै वडाका हरेक घरका गमला, भाँडा, ड्रमहरूमा जमेको पानी सफा गर्ने र पानी जमेका खाल्डा पुर्ने अभियान सञ्चालन गर्ने तयारी नगरपालिकाले गरेको छ । त्यसको नेतृत्व वडाले गर्ने छ ।

    नगर अस्पतालमा निःशुल्क परीक्षण

    कागेश्वरी मनहरा नगरपालिकाको मुलपानीस्थित नगर अस्पतालमा डेंगु संक्रमणको निःशुल्क परीक्षण तथा उपचारको व्यवस्था गरिएको छ । ‘डेंगु संक्रमणबाट अहिलेसम्म ३ जना नगरवासीको निधन भएको जानकारी आएको छ,’ कार्कीले भने, ‘तर उनीहरूको निधन नगर अस्पतालमा भने भएको हैन ।’

    नगरवासीहरूले काठमाडौंका विभिन्न अस्पतालमा डेंगु संक्रमणको परीक्षण तथा उपचार गर्ने भएका कारण संक्रमितको यकिन तथ्यांक थाहा हुन नसकेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुमारसिंह डाँगीले बताए ।

    उनका अनुसार अहिले नगरपालिकासँग नगर अस्पतालमा डेंगु संक्रमणको परीक्षण गरेकाहरूको मात्र तथ्यांक छ । संघीय सरकारले कोरोना संक्रमणको जस्तो तथ्यांक नपठाउने भएका कारण यकिन तथ्यांक पत्ता लगाउन नसकिएको उनको भनाइ छ ।

    उनले भने,‘संघीय सरकारले कोभिड–१९ संक्रमणको परीक्षण जहाँ गरे पनि त्यसको तथ्यांक सम्बन्धित पालिकामा पठाउने व्यवस्था गरेको थियो । तर डेंगु संक्रमणको विवरण त्यसरी पठाउँदैन । जसले गर्दा नगरपालिकामा कति जनालाई डेंगु संक्रमण भएको छ भन्ने यकिन विवरण दिनसक्ने अवस्था छैन ।’

    एक साताअघिसम्म २७ जना नगरवासीमा डेंगु संक्रमण देखिएको तथ्याकं नगरपालिकासँग छ । यो विवरण नगरपालिको नगर अस्पतालमा गरिएको परीक्षणको मात्र हो । अन्यत्र गरिएको परीक्षणको तथ्यांक नभएकाले नगर क्षेत्रमा डेंगुले पारेको प्रभावबारे यथार्थ केही थाहा छैन ।

    डेंगु नियन्त्रण तथा सचेतना अभियानको क्रममा अव्यवस्थित कवाडी कारखाना र वर्कसपहरूबाट बढी फैलिने गरेको पाइएको छ । लामखुट्टेका लार्भा नष्ट गर्ने अभियानका क्रममा त्यस्ता स्थानमा राखिएका ठूलाठूला भाँडाहरूमा लामो समयदेखि पानी जमेको पाइएको उनले बताए ।

    नेपालमा डेंगुको बिरामी पहिलो पटक २०६१ सालमा देखिएका थिए । त्यसपछि डेंगुका बिरामी नेपालमा वर्षेनी देखिंदै आएका छन् । मन्त्रालयका अनुसार गत साउन १ गतेयता सबैभन्दा बढी डेंगुका बिरामी बाग्मती प्रदेशमा देखिएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology