वेबटिभी खबर
काठमाडौं । चाडपर्वको समयमा यात्रूहरूबाट तोकिएको भन्दाबढी भाडा लिन खोज्ने १६ जनालाई काठमाडाैंको कोटेश्वर र नयाँबसपार्कबाट बुधबार बिहान ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका सबैलाई प्रहरी प्रभाग कोटेश्वर र गंगबुमा राखिएको छ । आज बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले काटेश्वरबाट ८ जना र नयाँबसपार्कबाट ८ जनालाई पक्राउ गरेको हो ।
चाडपर्वको समयमा यात्रूहरूलाई अनावश्यक हैरानी दिने, तोकिएको भन्दाबढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता बिभिन्न गतिबिधी गर्ने कार्यमा संलग्न रहेका ब्यक्तीहरूलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।
पक्राउ परेका उनीहरूमाथी आवश्यक अनुसन्धान गरि कानुन बमोजिम कारबाही गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij