Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

संगठनले आफ्ना सदस्यहरूको हकअधिकार सुनिश्चित गर्नुपर्छ, संरचना बलियो हुनुपर्छ : अध्यक्ष तिवारी

संगठनले आफ्ना सदस्यहरूको हकअधिकार सुनिश्चित गर्नुपर्छ, संरचना बलियो हुनुपर्छ : अध्यक्ष तिवारी

  • 1.5K
    SHARES
  • संगठनले आफ्ना सदस्यहरूको हकअधिकार सुनिश्चित गर्नुपर्छ, संरचना बलियो हुनुपर्छ : अध्यक्ष तिवारी

    काठमाडाैं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले संगठन भनेको आफ्ना सम्पूर्ण सदस्यहरूको हकअधिकार सुनिश्चित गर्नुसँगै कर्तव्य बोध गराउनका निम्ति लाग्ने हो भनेका छन् ।

    images

    उनले यसका लागि सबै क्षेत्रको संगठनको संरचना बलियो हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

    विभिन्न माग राख्दै गत भदौ १ गतेदेखि आन्दोलन गरी सरकारसँग वार्ता तीव्र गरिरहेका अध्यक्ष तिवारीले संगठनको भूमिका, दायित्व, जिम्मेवारीका विषयमा सचेत गराएका हुन् ।

    अध्यक्ष तिवारीलाई उनी नेतृत्वको संगठनले बलियो साथ दिएको छ ।

    उनले नेतृत्वले सधैं आफ्ना सदस्यहरूको हकअधिकारका लागि लड्ने र कर्तव्य बोध पनि गराउनुपर्ने बताए ।

    आन्दोलन गरे पनि खासै उपलब्धि हुन नसकेको अवस्थामा विद्यालय कर्मचारीले नेतृत्वको आलोचना गरेका छन् । व्यंग्यात्मक रूपमा अध्यक्ष तिवारीले ढिला भएपनि माग सम्बोधन हुने र सबैले कर्तव्य पालना गर्नुपर्ने बताएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology