Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु

निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु

  • 293
    SHARES
  • निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु

    काठमाडौं । निर्वाचन आयोगले बुधबारबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ ।

    images

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९ संचालनको लागि मूख्य निर्वाचन अधिकृत ७७, निर्वाचन अधिकृत ८८ र निर्वाचन अधिकारी ७७ समेतको निर्वाचन व्यवस्थापन प्रशिक्षण आजदेखि सुरु भएको  निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए ।

    आगामी मंसिर ४ गते एकैचरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचन सम्पन्न गर्नको लागि आगामी साता सबै निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना गरिने आयोगले जनाएको छ ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘असोज १५ देखि २० गते सम्ममा १६५ वटै निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना हुनेछन् ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology