Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

भएका इसीडी शिक्षकलाई उचित तलब र सेवासुविधा दिन नसक्ने सरकारको यस्ताे छ अर्को योजना 

भएका इसीडी शिक्षकलाई उचित तलब र सेवासुविधा दिन नसक्ने सरकारको यस्ताे छ अर्को योजना 

  • 10.3K
    SHARES
  • भएका इसीडी शिक्षकलाई उचित तलब र सेवासुविधा दिन नसक्ने सरकारको यस्ताे छ अर्को योजना 

    काठमाडौं । भएका प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) लाई उचित पारिश्रमिक र सेवासुविधा दिन नसकेको सरकारले बालविकास केन्द्रमा उचित पारिश्रमिक व्यवस्थासहित दक्ष शिक्षकको व्यवस्था गर्ने योजना अघि सारेको छ ।

    images

    दक्ष शिक्षककाे आधार र उचित पारिश्रमिकबारे सरकारले केही उल्लेख गरेकाे छैन । 

    अहिले बालविकास केन्द्रमा भएका इसीडी शिक्षकहरू अदक्ष हुन् ? भन्ने प्रश्न सरकार आफैंले सिर्जना गरेकाे छ ।

    सरकारले सबै बालविकास केन्द्रमा प्रविधिको विस्तार गरी सिकाइमा प्रयोग गर्ने, बालबालिकालाई बालविकास केन्द्रमा आकर्षण बढाउने र अभिभावक वृद्धि गर्ने बताएको छ ।

    सरकारले तोकेको न्यूनतम पारिश्रमिक रू १७ हजार नपाएको भन्दै इसीडी शिक्षकले केन्द्रदेखि स्थानीय तहसम्म आन्दोलन र दबाव दिँदै आएका छन् ।

    त्यसैगरी सरकारले ५ वर्षभित्र एक विद्यालयमा एक बालविकास केन्द्र स्थापन गर्ने, न्यूनतम भाैतिक पूर्वाधार, याेग्य शिक्षक, पाैष्टिक खाजा र आधारभूत स्वास्थ्य सेवाकाे व्यवस्था गर्ने बताएकाे छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology