Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

यसरी बचौं रेबिजबाट

यसरी बचौं रेबिजबाट

  • 349
    SHARES
  • यसरी बचौं रेबिजबाट

    काठमाडौं । चाडबाडका बेला घरका एकजना पनि बिरामी पर्दा चाड नै खल्लो हुन्छ । अहिले डेंगु संक्रमणले नेपालका अधिकांश जिल्लामा मानिसहरू बिरामी भइरहेका छन् । 

    images

    यसैबीच विश्व रेबिजविरुद्धको दिवसको अवसर पारेर बुधबार स्वास्थ्य मन्त्रालयले रेबिजबाट बच्नका लागि पनि चेतना जगाउने सूचनाहरू जारी गरेको छ । कुनै पनि रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो हुन्छ ।

    रेबिज कुकुर तथा अन्य जंगली जनावरको टोकाइबाट मानिसमा सर्ने प्राणघातक रोग हो । खासगरी गाउँघरमा पालिने कुकुरबाट यो रोग सर्ने दर उच्च छ । स्याल, फ्याउरोले टोके वा चिथरेमा पनि रेबिज हुनसक्छ । रेबिजको भाइरसले मस्तिष्कमा असर गर्छ र लक्षण देखिएपछि यो रोग घातक हुन्छ ।

    कुकुरले टोकेमा त्यो ठाउँमा साबुन पानीले १५ मिनेटसम्म राम्रोसँग धुनुपर्छ । कुकुरले टोकेमा नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको सल्लाहबमोजिम रेबिजविरुद्ध खोप लगाउनु पर्छ । रेबिजविरुद्ध रोग देशभरिको प्राथमिक स्वास्थ्य केन्द्रमा नि:शुल्क उपलब्ध छ ।

    बच्ने उपाय

    कुकुरलाई नजिस्काउने,

    कुकुर डराएको वा रिसाएको बेला नजिक नजाने,

    कुकुरले खान खाइरहेको बेला नजिस्काउने,

    कुकुरले पच्छ्याएमा नभाग्ने, बरू शान्त भएर उभिने,

    नचिनेको कुकुरको नजिक नजाने वा सतर्क रहने र 

    घर पालुवा कुकुरलाई रेबिजविरुद्ध खोप लगाउने । 

  • सम्बन्धित विषय:

  • # रेबिज

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology