Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

महेन्द्रनगरमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

महेन्द्रनगरमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

  • 343
    SHARES
  • महेन्द्रनगरमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

    कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा बुधबारदेखि जिल्लास्तरीय पुरुष डबल्स खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

    जिल्लाभरका ब्याडमन्टिन खेलाडी सहभागी रहेको प्रतियोगिताको कञ्चनपुरको बेदकोट नगरप्रमुख भोजराज बोहराले शुभारम्भ गर्दै ग्रामीण स्तरबाट नयाँ खेलाडी उत्पादनमा जोड दिए ।

    उनले भने,‘खेलकुद स्वास्थ्यसँगै राष्ट्रका लागि पनि खेलिने भएकाले प्रतिभावान् खेलाडी उत्पादनमा लाग्नुपर्छ । जिल्लामा प्रशिक्षक बिना पनि खेलाडीहरू प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म पुग्नु गौरवको विषय हो ।’

    उनले खेलकुदको विकासका लागि बेदकोट नगरपालिका पनि सरोकारवाल निकायसित सहकार्य गर्न तयार रहेको बताउँदै निकट केही समयमै नगरपालिकाले मेयर कप खेलकुद प्रतियोगिता आयोजना गरिरहेको जानकारी दिए ।

    दसैँ तथा तिहारको अवसर पारेर यहाँस्थित कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगितामा महेन्द्रनगर, झलारी, दैजीलगायतका क्षेत्रका खेलाडी सहभागी छन् ।

    त्यस्तै प्रतियोगिता संयोजक शेरबहादुर सिंहले प्रतियोगितामा ५० टोली सहभागी रहेको जानकारी दिए । उनले प्रतियोगितामा विजयी खेलाडीहरूलाई नगद र ट्रफीसहित पुरस्कृत गरिने बताए ।

    तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टोलीलाई २१ हजार, द्वितीय हुनेलाई ११ हजार र तृतीय हुने टोलीलाई पाँच हजार एक सयसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij