Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कस्ताे रह्याे आज शेयर काराेबार ?

कस्ताे रह्याे आज शेयर काराेबार ?

  • 252
    SHARES
  • कस्ताे रह्याे आज शेयर काराेबार ?

    काठमाडौं । शेयर बजार बुधबार पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४१ अंकले बढेर एक हजार आठ सय ३७ दशमलव ४६ विन्दुमा पुगेको छ ।

    images

    आज व्यापार, फाइनान्स, अन्य र म्युचल फन्डबाहेक अरू समूहको शेयर सामान्य बढेको छ ।

    बजार सामान्य बढे पनि कारोबार रकम भने निकै घटेको छ ।

    १३ लाख ७० हजार कित्ता शेयर ४८ करोड ५४ लाख रूपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेशनल माइक्रोफाइनान्सको प्रमोटर शेयर चार करोड ७५ लाख रूपैयाँ मा किनबेच भयो ।

    आज मन्दाकिनी हाइड्रोको शेयर नौ प्रतिशत तथा अभियान लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    समग्रमा बजार बढे पनि ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर १० प्रतिशतले घटेको छ ।

  • सम्बन्धित विषय:

  • # शेयर

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology