Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

डडेल्धुरामा लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

डडेल्धुरामा लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

  • 287
    SHARES
  • डडेल्धुरामा लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

    डडेल्धुरा । डडेल्धुरामा डेंगुका बिरामी बढ्न थालेपछि लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेंगुका बिरामी बढ्दै गएपछि जिल्लामा अभियान सुरु गरिएको हो ।

    images

    स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा मंगलबारदेखि अभियान थालिएको हो । लामखुट्टेले ‘अण्डा’ पार्न सक्ने सम्भावित स्थानहरू पानी जम्ने ठाउँको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइएको कार्यालयका प्रमुख केशरबहादुर साउँदले जानकारी दिए ।

    अभियानका क्रममा पानी जम्ने वस्तु हटाइएको छ । जिल्लामा अहिले डेंगु संक्रमितका ३० जना बिरामीको उपचार गरिरहेका छन् । तीमध्ये १६ अमरगढी नगरपालिकाका छन् ।

    डेंगु नियन्त्रणका लागि निदानात्मक तथा उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरी पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानी, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्न सर्वसधारणलाई समेत सुझाव दिइएको छ ।

    विशेषगरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, गमला, पानीका ट्यांकी आदिमा लामखुट्टे फूल पार्ने गरेको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख साउदले बताए ।

    शहरी क्षेत्रमा यस्ता वस्तु थुप्रै हुने भएकाले पनि यसको बढी जोखिम रहेको अमरगढी नगरपालिका आसपासका क्षेत्रमा सरसफाईका साथै पानी जम्ने ठाउँमा लार्भा नष्ट गर्ने अभियान थालनी गरिएको जनाइएको छ ।

    विशेषगरी साँझ-बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गरेको स्वास्थ्य कार्यालयका ‘भेक्टर कन्ट्रोल’ निरीक्षक हरिप्रसाद भट्टले बताए ।

    उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण हुन् । जटिल प्रकृतिको डेंगुको संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिने जस्ता लक्षण देखापर्ने गरेको उनको भनाइ छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology