Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

भक्तपुर नगरपालिकद्वारा मासु पसल अनुगमन

भक्तपुर नगरपालिकद्वारा मासु पसल अनुगमन

  • 275
    SHARES
  • भक्तपुर नगरपालिकद्वारा मासु पसल अनुगमन

    काठमाडौं । दसैँ नजिकिएसँगै बजारमा मासु पसललाई कानुनी दायरामा ल्याउने उद्देश्यले भक्तपुर नगरपालिकाले आज कमलविनायक क्षेत्रका मासु पसलको अनुगमन गरेको छ ।

    images

    नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा अधिकांश पसल दर्ता नवीकरण नगरेको, फोहर रहेको पाइएको हाे ।

    समितिका संयोजक गोराले भने, ‘मासु पसलको अनुगमनमा गर्दा मासुमा झिंगा भन्किएको, पसल दर्ता नगर्ने, दर्ता गरेकाले पनि वर्षौदेखि नवीकरण नगर्ने, मार्बल वा टायल नराखेको, तराजु नवीकरण नभएको, फोहर पानीले मासु सफा गरेको, पानी ढलनिकासमा सजिलै जाने गरी निकासको व्यवस्था नगरेको, कामदारलाई बुट र पञ्जाको व्यवस्था नगरेको पायौँ, उनीहरूलाई यो सबै व्यवस्था गर्न निर्देशन दिएका छौं ।’

    बजार निरीक्षक रामकृष्ण प्रजापतिले अनुगमनका क्रममा नियम पालना नगर्नेको सम्पूर्ण कागजपत्र लिएर तीन दिनभित्र नगरपालिकामा हाजिर हुन निर्देशन दिएको बताउँदै दर्ता नवीकरण नभएका ढकतराजु जफत गरिएको बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology