Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

काकाले रडले हिर्काउँदा चार वर्षीय बालकको मृत्यु

काकाले रडले हिर्काउँदा चार वर्षीय बालकको मृत्यु

  • आश्विन १२, २०७९ बुधवार २०:०० बजे
  • 218
    SHARES
  • काकाले रडले हिर्काउँदा चार वर्षीय बालकको मृत्यु

    जनकपुरधाम । धनुषामा फलामको रड प्रहारबाट चार वर्षीय बालकको ज्यान गएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा बुधबार दिउँसो ३ बजे २८ वर्षका रवि पासवानले रडले हिर्काउँदा उनका चार वर्षीय भतिज अनुप पासवानको मृत्यु भएको हो ।

    images

    धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार रड प्रहारबाट बालक गम्भीर घाइते भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

    प्रहरीले रविलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका हिरासतमा राखेको छ ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology