Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अनिल चौहान बने भारतीय आर्मीका चिफ अफ डिफेन्स स्टाफ 

अनिल चौहान बने भारतीय आर्मीका चिफ अफ डिफेन्स स्टाफ 

  • आश्विन १२, २०७९ बुधवार २०:२८ बजे
  • 467
    SHARES
  • अनिल चौहान बने भारतीय आर्मीका चिफ अफ डिफेन्स स्टाफ 

    नयाँ दिल्ली । भारत सरकारले अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल अनिल चौहानलाई नयाँ चिफ अफ डिफेन्स स्टाफ नियुक्त गरेको छ। यो भारतीय सेनाको शीर्षस्थ पद हो।

    images

    यसअघिका चिफ अफ डिफेन्स स्टाफ विपीन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो। त्यसको नौ महिनापछि चौहानलाई सो पदमा नियुक्त गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। 

    सुरुवातमा भारतीय सेनाको ११ गोर्खा राइफल्समा काम गरेका उनी अवकाश पाउनुअघि इस्टर्न कमान्डका कमान्डर–इन–चिफ थिए। २०२१ को मे महिनामा उनले अवकाश पाएका थिए।

    गत जुनमा अवकाशप्राप्त सैन्य अधिकारीलाई पनि चिफ अफ डिफेन्स स्टाफ नियुक्त गर्न मिल्नेगरी नियम संशोधन गरिएको थियो। 

     


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology