Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

बाटोबाट लडेर एक जनाको मृत्यु

बाटोबाट लडेर एक जनाको मृत्यु

  • आश्विन १२, २०७९ बुधवार २०:४६ बजे
  • 105
    SHARES
  • बाटोबाट लडेर एक जनाको मृत्यु

    दार्चुला । नौगाड गाउँपालिका–४ सिप्टीमा बाटोबाट लडेर एक जनाको ज्यान गएको छ । बैतडी जिल्ला डिलासैनी गाउँपालिका–२ गन्नाका अन्दाजी ५० वर्षीय मौरे बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय दार्चुलामा सूचना अधिकारी राजेशबहादुर शाहीका अनुसार सिप्टी हुँदै मार्मा जाने क्रममा हिँडिरहेको अवस्थामा बाटोबाट लडेर मृत्यु भएको हो । 

    मार्मा गाउँपालिका–६ पत्थरकाडा बुहारीको माइतीघर गइरहेका बोहराको सिप्टीको बाटोबाट अन्दाजी ६ मिटर तल खसेर मृत्यु भएको हो । घटनास्थलमा अहिले प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology