Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

ठूलो परिमाणमा लागू औषध सहित पाँच जना पक्राउ

ठूलो परिमाणमा लागू औषध सहित पाँच जना पक्राउ

  • आश्विन १२, २०७९ बुधवार २१:३१ बजे
  • 103
    SHARES
  • ठूलो परिमाणमा लागू औषध सहित पाँच जना पक्राउ

    वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट ५१ सय पिस लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकमा चेकजाँच गर्दा ना १ घ २८२३ नम्बरको ई रिक्साबाट पाँच जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।

    images

    पक्राउ पर्नेमा भारतमोतिहारी थाना भेलाही घर भई हाल वीरगञ्ज–१६ बसने ओमप्रकाश महतो, बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ बस्ने उत्तम आचार्य, अरूण राई, वडा नम्बर ३ अम्लेखगन्ज बस्ने प्रदीप बोहरा क्षेत्री र काठमाण्डौ चन्द्रगिरी नगरपालिका– ४ थानकोट बस्ने सुविन राई छन्।


    उनीहरूको साथबाट प्रहरीले डाईजोपाम, फेनारगन, नुर्फिन, निटजाकार गरी ५१ सय पिस लागुऔषध बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता दीपक गिरीले जानकारी दिए। पक्राउ परेका पाँचै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले बताए।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology