Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

बलात्कारपछि हत्या गरेको आरोपमा मोजाहिर पक्राउ

बलात्कारपछि हत्या गरेको आरोपमा मोजाहिर पक्राउ

  • आश्विन १२, २०७९ बुधवार २१:४० बजे
  • 194
    SHARES
  • बलात्कारपछि हत्या गरेको आरोपमा मोजाहिर पक्राउ

    महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाका एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेका छन्। ती महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय अन्सारीलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो। 

    images

    अभियुक्त अन्सारीले महिलालाई बलात्कारपछि पेचकसले घाँटी, छाती र पेटमा घोचेर हत्या गरी बाँसघारीमा शव फालिएको अवस्थामा प्रहरीले शव फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले पत्रकार सम्मेलनमा जानकारी दिए।

    घटनास्थलमा मृतकको लुगाफाटा च्यातिएको, सुरुवालको डोली चुँडिएको, पोते चुँडिएको, चुरा फुटेको, कुर्ताका गोजीको टुक्रा फालिएको र आरोपीको गन्जी पनि च्यातिएको अवस्थामा फेला परेको थियो। अभियुक्तले एक सय मिटरसम्म शवलाई घिसारेर बाँसघारी ल्याएको राखेको अर्धनग्न अवस्थामा शव फेला परेको थियो। 

    साथै हत्यापश्चात् अभियुक्तले मृतकसँग रहेको पाउजू र नाकको फुली निकालेर जिल्ला सदरमुकाम जलेश्वरस्थित एक सुन पसलमा बेचेको पाइएको छ। प्रहरीले घटना भएको ३६ घण्टापछि अभियुक्तलाई पक्राउ गरेको थियो।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology