Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

गाेरखाका जनतालाई बाबुरामले भने– म निरन्तर गोरखा गैराख्नेछु, जनताको हमेसा साथ र सेवामा रहनेछु

गाेरखाका जनतालाई बाबुरामले भने– म निरन्तर गोरखा गैराख्नेछु, जनताको हमेसा साथ र सेवामा रहनेछु

  • 1.2K
    SHARES
  • गाेरखाका जनतालाई बाबुरामले भने–  म निरन्तर गोरखा गैराख्नेछु, जनताको हमेसा साथ र सेवामा रहनेछु

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले हमेसा जनताको साथ र सेवामा रहने बताएका छन् ।

    आगामी ४ मंसिरमा हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने कि नदिने साेचमा रहेका डा.भट्टराईले सधैं जनताको साथ र सेवामा रहने बताएका हुन् । तर बहुसंख्यक गोरखावासीले भने अन्तिम एकपटक चुनाव लड्न उनलाई आग्रह गरेका छन् ।

    सांसदको भूमिकामा नरहे पनि देश विकास गर्न सकिने बताउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले नयाँ रोजगारी, उत्पादनमुखी योजनाको सुरुवात र कार्यान्वयनका निम्ति लागिरहने बताए ।

    लगातार तीन पटकसम्म गोरखा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव जितेका डा.भट्टराईले निरन्तर गोरखा गैराख्ने र आफू सांसद, अर्थमन्त्री र प्रधानमन्त्री हुँदा सुरु गरेका विकास योजनालाई पूर्णता दिने पनि बताए  ।

    डा.भट्टराईले गोरखाका जनतालाई आश्वस्थ पार्दै वेबटिभी खबरसँग भने, ‘म निरन्तर गोरखा गैराख्नेछु । जनताको हमेसा साथ र सेवामा रहनेछु ! मेरो पालामा सुरु भएका कामको पूर्णता, अब नयाँ रोजगारी र उत्पादनमुखी योजनाको सुरुवात र कार्यान्वयनका निम्ति लागिरहनेछु ।’ 

    गाेरखामा बाबुराम : पार्टी कार्यक्रमदेखि विकास याेजना कार्यमा व्यस्त [फाेटाेहरू पनि] गाेरखामा बाबुराम : पार्टी कार्यक्रमदेखि विकास याेजना कार्यमा व्यस्त [फाेटाेहरू पनि]

    विकास कार्यमा आइपर्ने प्रशासनिक अड्चनको सहजीकरण गर्न निरन्तर लाग्छु : डा.भट्टराई विकास कार्यमा आइपर्ने प्रशासनिक अड्चनको सहजीकरण गर्न निरन्तर लाग्छु : डा.भट्टराई

    गोरखा समग्र नेपालकै सानो मोडेल हो : डा.बाबुराम भट्टराई  [अन्तर्वार्ता] गोरखा समग्र नेपालकै सानो मोडेल हो : डा.बाबुराम भट्टराई  [अन्तर्वार्ता]

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij