Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

राष्ट्रसंघद्वारा कंगोमा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा

राष्ट्रसंघद्वारा कंगोमा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा

  • 134
    SHARES
  • राष्ट्रसंघद्वारा कंगोमा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा

    जेनेभा । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले प्रजातान्त्रिक गणतन्त्र कंगोमा तैनाथ राष्ट्रसंघीय शान्ति सैनिकमाथि भएको आक्रमणको कडा शब्दमा भत्र्सना एवं निन्दा गरेको छ । विद्रोहीको आक्रमणमा परेर शान्ति सैनिकमा आबद्ध मलावीका एक सैनिकको ज्यान गएको थियो ।

    राष्ट्र संघद्वारा जारी विज्ञप्तिमा परिषदका सदस्य राष्ट्रहरुले शान्ति अभियानका सैनिकमाथि हुने आक्रमण अन्तर्राष्ट्रिय कानुन बमोजिम युद्ध अपराधका रुपमा लिइने उल्लेख छ । आक्रमणको अनुसन्धान गर्न र अपराधीलाई न्यायको कठघरामा ल्याउन पनि कङ्गोको सरकारसँग अनुरोध गरिएको छ । 

    मोनुस्को नामको यस शान्ति अभियानलाई तोकिएका जिम्मेवारी पूरा गर्न र राष्ट्रसंघीय शान्ति सैनिकको सुरक्षालाई ध्यान दिन पनि कंगो सरकारलाई आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा मोनुस्का अभियानमा सैनिक र प्रहरी पठाएर मद्दत गर्ने राष्ट्रहरुप्रति सुरक्षा परिषदले आभार पनि व्यक्त गरेको जनाइएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology