Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

रगत अभावलाई मध्यनजर गरी रक्तदान 

रगत अभावलाई मध्यनजर गरी रक्तदान 

  • 338
    SHARES
  • रगत अभावलाई मध्यनजर गरी रक्तदान 

    काठमाडौं । डेंगुका कारण भएको रगत अभावलाई मध्यनजर गरी भक्तपुरमा रक्तदान कार्यक्रम गरिएको छ ।

    शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले गार्डेनमार्ट डिपार्टमेन्ट स्टोर भक्तपुर-१० मूलढोका कमलविनायक भक्तपुरको दोस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो ।

    भक्तपुरको गठ्ठाघरमा केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत लीलानाथ गौतमले संस्थाले निरन्तर सामाजिक उतरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएकोमा यो पटक डेंगुका कारण भएको रगत अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम गरेको जानकारी दिए ।

    एक पाइला मानवताका लागि भन्ने नाराका साथ कार्यक्रम गरेको उनले बताए । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले काठमाडौं उपत्यकाका विभिन्न ठाउँंका साथै देशका विभिन्न जिल्लामा उपभोक्ताको सुविधाका लागि यस्ता गार्डेन मार्टहरू सञ्चालन गर्दै आएको छ । 

  • सम्बन्धित विषय:

  • # रक्तदान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij