Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

यी कम्पनीका शेयर मूल्य बढ्यो 

यी कम्पनीका शेयर मूल्य बढ्यो 

  • 1.5K
    SHARES
  • यी कम्पनीका शेयर मूल्य बढ्यो 

    काठमाडौं ।  मंगलबार  शेयर बजार उकालो  लागेको छ । मंगलबार बोटलर्स नेपाल (तराई), रूरू जलविद्युत परियोजना कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट लगायतका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाउँदा नेप्सेमा हरायाली छाएको छ । 

    images

    त्यसैगरी नेपाल पूनर्बीमा कम्पनी लिमिटेडले भने सबैभन्दा धेरै कारोबार गरेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक २७.४७ अंकले बढेर २६७३.३१  पुगेको छ भने सेन्सेटिभ परिसूचक ३.१२ अंकले बढेर ४७८.२४ मा पुगेको छ । नेप्से १.०४ प्रतिशतले बढेको हो । 

    कूल २२० वटा कम्पनीको एक करोड ८ लाख १९ हजार ५ सय ३५ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब  ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

    स्टककाअनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचकमा हरियाली छाएको छ ।

    सर्वाधिक घाटा व्योहोर्नेमा विशाल बजार कम्पनी, लिबर्टी इनर्जी, बरूण हाइड्रोपावर लगायतका लगानीकर्ताहरू छन् ।

  • सम्बन्धित विषय:

  • # शेयर

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology