Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सरकारले न्युनतम पारिश्रमिक वृद्धि गरेकोप्रति निर्यात परिषद्को आपत्ति

सरकारले न्युनतम पारिश्रमिक वृद्धि गरेकोप्रति निर्यात परिषद्को आपत्ति

  • 541
    SHARES
  • सरकारले न्युनतम पारिश्रमिक वृद्धि गरेकोप्रति निर्यात परिषद्को आपत्ति

    काठमाडौं । सरकारले न्यूनतम पारिश्रमिक वृद्धि गरेको भन्दै नेपाल निर्यात परिषद्ले आपत्ति जनाएको छ । परिषदले विज्ञप्ति जारी गर्दैसरकारले न्यूनतम पारिश्रमिक वृद्धि गरेको निर्णयप्रति आपत्ति जनाएको हो ।

    images

    जारी निषेधाज्ञाका कारण आर्थिक गतिविधिहरु ठप्प भइरहेको अवस्थामा सरोकारवाला निकायसँग छलफल नै नगरी सरकारले श्रमिकको पारिश्रमिक बढाएको भन्दै परिषद्ले उक्त निर्णयको विरोध गरेको हो ।

    ‘रोजगारदाता संघसंस्थाका प्रतिनिधिहरुको सहमति बिना राजनीतिक स्वार्थका लागि गरिएको यस्तो निर्णयले निजी क्षेत्र निराश बनेको छ,’ परिषदको विज्ञप्तिमा भनिएको छ ।

    सरकारले यसबाट निजी क्षेत्रलाई उपेक्षा र अपमान गरेको तथा सहकार्यका भावनाविपरीत अगाडि बढेको परिषदले उल्लेख गरेको छ । परिषदले कोभिडका कारण उत्पादन ठप्प भएको तथा ढुवानीका साधन चल्न नसक्दा निर्यात क्षेत्र नराम्ररी प्रभावित बनेको बताएको छ ।

    निर्यात क्षेत्रमा देखिएका समस्या समाधान नगरी सरकारले एकलौटी ढंगबाट श्रमिकको पारिश्रमिक वृद्धि गर्दा निजी क्षेत्र अझै पछि धकेलिने सम्भावना रहेको परिषदको ठहर छ ।

    कतिपय निर्यातजन्य उद्योग बन्द भएको र सञ्चारलनमा रहेकाहरु पनि दैनिक खर्च धान्न नसक्ने अवस्थामा रहेका बेला पारिश्रमिक वृद्धिको भार थोपरिँदा उद्योग नै बन्द गर्नुपर्ने र लाखौंको रोजगारी विस्थापित हुने जोखिम छ ।

    परिषदले अहिलेको समस्याग्रस्त अवस्थामा आपसी सहमतिमा पारिश्रमिक तोकन पाउने व्यवस्था सुनिनिश्चत गर्न पनि सरकारसँग माग गरेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology