Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कालीमाटी तरकारी बजारभित्र सवारी प्रवेशमा रोक, एउटा पसलमा २ जना मात्र बस्न पाइने 

कालीमाटी तरकारी बजारभित्र सवारी प्रवेशमा रोक, एउटा पसलमा २ जना मात्र बस्न पाइने 

  • 639
    SHARES
  • कालीमाटी तरकारी बजारभित्र सवारी प्रवेशमा रोक, एउटा पसलमा २ जना मात्र बस्न पाइने 

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनहुँ बढेपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बजार परिसरमा स्वास्थ्य मापदण्डमा कडाइ गरेको छ । 

    कालीमाटी तरकारी बजारक्षेत्रमा मंगलबारदेखि लागु हुने गरी समितिले नयाँ मापदण्ड लागु गरेको हो । समितिले  मंगलबार सूचना जारी गर्दै खुद्रा बजार र थोक बजारमा हुने सबै खुद्रा कारोबार क्रमशः वैशाख ३० र २९ गतेदेखि बन्द गर्न लागेको बताएको छ ।     

    समितिले लागु गरेको नयाँ मापदण्डअनुसार थोक बजारमा प्याकेजिङ गरेर मात्रै बिक्री वितरण गर्नुपर्नेछ । एउटा थोक पसलमा अधिकतम २ जना मात्र बसी सामाजिक दूरी कायम गर्दै सबै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र कारोबार गर्न निर्देशन दिइएको छ।

    बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण बन्देज लगाइएको समितिले जनाएको छ । ठूला कृषकहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन यार्ड/होल्डिङ यार्डमा अक्सन कारोबार गर्न सक्नेछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij