Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सोमालियामा अल सेबाबका चालिस आतंककारी मारिए

सोमालियामा अल सेबाबका चालिस आतंककारी मारिए

  • 321
    SHARES
  • सोमालियामा अल सेबाबका चालिस आतंककारी मारिए

    मोगादिसु । सोमालियामा सेनाले गरेको कारबाहीका क्रममा अल सेबाब आतंककारी संगठनका ४० जनाको मृत्यु भएको जनाएको छ ।

    सोमालियाली सेनाले सो कुराको जानकारी दिएको हो । बिहीबार मध्य क्षेत्रीय हिरान क्षेत्रमा गरेको कारबाहीका क्रममा ती लडाकाहरू मारिएका बताइएको हो ।

    सोमाली सेनाका कमाण्डरले सोमालियाली समाचार समितिलाई बिहीबार दिएको जानकारीअनुसार राष्ट्रिय सेनाले मध्य सोमालियाको हिरान सहरमा गरेको कारबाहीका क्रममा ४० जना लडाका मारिएका र अरू केही घाइते भएका जनाएका छन् ।

    सो कारबाहीका क्रममा अल सेबाब समूहका एकजना कमाण्डर पनि मारिएका बताइएको छ । त्यसक्रममा अल सेबाब आतंककारी संगठनका कैयौँ हातहतियार पनि कब्जा गरिएको बताइएको छ ।

    कारबाहीका क्रममा सेनाका कमाण्डर पनि मारिएका छन् । उनलाई अल सेबाब संगठनका आतंककारीले गोली हानेका थिए ।

    हिरान क्षेत्रमा अल सेबाबका लडाकाहरुले विगत लामो समयदेखि आतंक मच्चाइरहेका र सोही सूचनाका आधारमा उनीहरूमाथि यहाँको सेनाले कारबाही थालेको बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij