Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

बुहारीको मृत्युपछि नारायणकाजीले भने- स्वास्थ्य क्षेत्रको यस्तो व्यवस्था अक्षम्य 

बुहारीको मृत्युपछि नारायणकाजीले भने- स्वास्थ्य क्षेत्रको यस्तो व्यवस्था अक्षम्य 

  • 752
    SHARES
  • बुहारीको मृत्युपछि नारायणकाजीले भने- स्वास्थ्य क्षेत्रको यस्तो व्यवस्था अक्षम्य 

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना संक्रमितका लागि सरकारले अस्पतालको व्यवस्था नगरेर अक्षम्य गल्ती गरेको बताएका छन्  । 

    images

    श्रेष्ठले आफूले आइसीयू र बेडको खोजी गरिरहे पनि पाउन नसकिरहेको बताउँदै अस्पतालमा बेड र आइसीयूको व्यवस्था नगरेर सरकारले जनताको स्वास्थ्यप्रति गम्भीर नभएकोसमेत स्पष्ट पारेका छन् ।

    मंगलबार आफ्नी बुहारी निर्मला वैद्यकोको कोरोना संक्रमणका कारण निधन भएको पनि श्रेष्ठले जानकारी गराएका छन् । 

    ‘बुहारी निर्मला त अहिलेको हाम्रो हालतको एक दृष्टान्त मात्र हुन् । यसरी नै समयमा उपचार पाउन नसकेर कैयौंको दिनदिनै ज्यान गइरहेको छ । म आफैंले पनि अरु धेरै कोभिड संक्रमितहरुको लागि बेड र आइसियु खोजेको छु, तर पाइराखेको छैन,’ श्रेष्ठले लेखेका छन्, ‘महामारीको बेलामा स्वास्थ्य क्षेत्रको यो अव्यवस्था र बेवास्ता क्षम्य हुन सक्दैन ।’ 

    उनले मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त पनि गरेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology