वेबटिभी खबर
काठमाडौं । जाजरकोटको भेरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा आलु र अन्य तरकारीका बीउ वितरण गरेको छ ।
चालु आर्थिक वर्षको प्रथम चौमासिक कार्यक्रमअनुसार कार्यालयको ५० प्रतिशत मूल्य अनुदान र कृषकहरूको ५० प्रतिशत मूल्य सहभागितामा आलु तथा तरकारीको बीउहरू वितरण गरेको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए ।
करिब ७० क्विन्टल आलुको बिउ र अन्य तरकारीको बीउ २०० बढी किसानलाई वितरण गरिनेछ । स्याउली सेवा केन्द्र र खलंगाबाट उक्त बीउ वितरण गरिएको कृषि विकास शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए ।
उन्नत बीउ प्रयोग गरि उत्पादन बढाउन र तरकारी खेतीमा किसानलाई हौसला प्रदान गरि व्यवसायतर्फ उन्मुख गराउन बीउमा अनुदान दिएको अधिकारीले बताए ।
आलुको बीउमा ५० प्रतिशत अनुदान पाएपछि किसान उत्साहित भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij