वेबटिभी खबर
महोत्तरी । जिल्ला ट्राफिक कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गर्ने दैनिक २ सयभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ ।
क्षमताभन्दा बढी यात्रू बोक्ने, तीव्र गतिमा दौडाउने, यात्रूमाथि अभद्र व्यवहार गर्ने जस्ता सवारीसाधनलाइ कारबाही गरिरहेको ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालयका प्रमुख उदय सिजापतिका अनुसार यात्रूहरूको साहयताको लागि आधा दर्जनभन्दा बढी सहायता कक्षसमेत स्थपना गरिएको छ ।
उनले भने, ‘बिगतमा देखिएका समस्यालाई मध्येनजर गरि यात्रू सहायता कक्ष स्थापना गरेका हौँ । यात्रू सहायता कक्षको स्थापनाले अलपत्र यात्रू तथा विविध समस्या सावधान हुने बिस्वास लिएका छौँ ।’
ट्राफिक नियमको उल्लंघन गर्ने जोकोही पनि सजग रहन प्रमुख सिजापतिले यातायात व्यवसायीहरूलाइ आग्रह गरे ।
सहायता कक्ष जिल्लाका मुख्य राजमार्ग, हुलाकी सडक र भित्री सडकमा ब्यवस्थापन गरिएको छ । जिल्लामा अहिले १० वटा ट्राफिक युनिट छन् । प्रमुख सिजापतिले जिल्लाका १० वटै युनिटलाई निक्कै सक्रिय बनाएका छन् ।
प्रत्येक युनिटले दैनिक दिनको ३ पटकभन्दा बढी छडके चेक गरिरहेको सहायक कार्यालय प्रमुख होम भित्राकोटीले जानकारी दिए । प्रमुख सिजापतिले ट्राफिक प्रमुखको जिम्मेवारीमा आएदेखि ट्राफिक ब्यवस्थापनमा निक्कै परिवर्तन ल्याएका छन् ।
६ महिनाको अवधीमा नै उन्ले गौशाला नगरपालिकासगं समन्वय गरी ट्राफिक कार्यालयको आफ्नै भवन बनाएका छन् । जिल्ला ट्राफिक कार्यालय रहेको ठाउँ बर्दिबास नगरपालिकामा भने भाडामा बस्दै आएका छन् ।
ट्राफिक कार्यालयको आफ्नै भवनको लागि स्थानीय सरकार र सरोकारवाला निकायहरूलाइ अनुरोध गरिरहेको प्रमुख सिजापतिको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij