Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

जसपा एक्लै चुनावमा जाने

जसपा एक्लै चुनावमा जाने

  • 453
    SHARES
  • जसपा एक्लै चुनावमा जाने

    काठमाडौ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्य दलहरूसँग चुनावी तालमेल नगर्ने जनाएकाे छ ।

    शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको हो । पाँच दलीय गठबन्धनमा रहेकाे जसपाले सिट बाँडफाँटमा असन्तुष्ट जनाउँदै एक्लै चुनावी मैदानमा उत्रिने जनाएकाे हाे । 

    जसपाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठबन्धनमा आगामी हुने संघीय संसद् र प्रदेशसभा सदस्यको निर्वाचनमा सिटको तालमेलको सम्वन्धमा भई रहेको सिट बाँडफाँटसम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्प को रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ । सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij