वेबटिभी खबर
काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ ।
काठमाडौंबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा ३ ख ८९८१ नम्बरको यात्रुवाहक बसमा शनिबार साँझ एक्कासी आगलागी भएको हो । बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा बससहित बसमा भएका सामान जलेर नष्ट भएको छ । बसमा आगलागी भएपछि त्यसमा सवार यात्रु अलपत्र परेका छन् । बसमा ३२ यात्रु सवार थिए ।
उनीहरूलाई गन्तव्यसम्म पुर्याउन दिक्तेलबाट अर्को बस पठाउने तयारी भइरहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए ।
गुड्दै गरेको बसको इन्जिनबाट आगो निस्केको यात्रुले बताएका छन् । आगलागी भएको बस पुरानो भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij