Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

अर्घाखाँचीमा पोखरीमा डुबेर २७ बाँदर मरे

अर्घाखाँचीमा पोखरीमा डुबेर २७ बाँदर मरे

  • 422
    SHARES
  • अर्घाखाँचीमा पोखरीमा डुबेर २७ बाँदर मरे

    अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क–९ अर्घामा रहेको पोखरीमा डुबेका अवस्थामा २७ बाँदर मरेको अवस्थामा भेटिएका छन् ।

    सन्धिखर्क–९ अर्घामा रहेको सिँचाइ पोखरीमा डुबेर ती मरेको स्थानीय बलराम रायमाझीले बताए ।

    पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेपछि सो बाँदरलाई बचाउन भनी जाँदा अन्य बाँदर पनि सोही ठाउँमा डुबेर मरेको हुनसक्ने स्थानीयको आशंका छ ।

    पोखरी जंगलको बीचमा रहेका कारणले गर्दा बाँदर पोखरीमा पसेको थाहा हुन नसकेको र उद्धार पनि हुन नसकेको जनाइएको छ ।

    जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दीपक पाण्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरेको र मरेका सबै बाँदरलाई जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीका रोहवरमा व्यवस्थापन गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij