Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

  • 332
    SHARES
  • एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यकारी अध्यक्षको भूमिकामा रविना थापा आएकी छन् । संघको गत मार्च महिनामा सम्पन्न १०औं महाधिवेशनको म्याण्डेट अनुरूप थापाले आइतबारदेखि संघको कार्यकारी अध्यक्ष सम्हालेकी हुन् ।

    सो महाधिवेशनले बहुपदीय प्रणाली अनुरूप पहिलो ६ महिनाको कार्यकारी भूमिका कुल आचार्यलाई दिएको थियो । संघको शनिबार भरर्चुअल माध्यमबाट सम्पन्न पदाधिकारी बैठक बोल्दै आचार्यले महाधिवेशनको म्याण्डेट अनुरूप आफुले थापालाई कार्यकारी पद हस्तान्तरण गरेको जानकारी दिएका थिए ।

    बैठकमा बोल्दै कार्यकारी अध्यक्ष थापाले पछिल्लो ६ महिनामा आचार्यले संघको लागि गरेको योगदानको प्रशंसा गरेकी थिइन् ।

    आचार्य अब संघभित्र सेरोमोनियल अध्यक्षको रूपमा कायम रहने छन् भने ६ महिनापछि अर्का अध्यक्ष डा.बद्री केसीले कार्यकारी भूमिका निर्वाह गर्दै संघको अर्को वर्षको अक्टोवरमा हुने ११ औं महाधिवेशनमा औपचारिक रुपमा नेतृत्व हस्तान्तरण गर्ने छन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij