वेबटिभी खबर
काठमाडौं । रूपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले आगामी निर्वाचनमा राजनितिक दलहरुको सहभागिता र क्रियाकलाप अनुशासित, आचारसंहितको पालना गर्दै मनाउन आग्रह गरेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि भैरहवामा मुख्य निर्वाचन अधिकृत कार्यालयको उद्घाटन गर्दै उनले आगामी ५ वर्षका लागि भाग्य निर्धारण गरि नेतृत्व गर्नका लागि पठाउने अवसर भएकोले कस्तो खालको चुनाव गराउने भूमिका र जिम्मेवारी राजनितिक दलहरूको रहेको उनले बताए ।
उनले भने, ‘शान्त, मर्यादित वा खलबल गर्ने गरी चुनाव मनाउने जिम्मा मुलरूपमा उम्मेदवार र पार्टीकै हो । निर्वाचन गराउनै पर्छ यस्को मापदण्ड र दायरा छ दायरा भन्न बाहिर जानेलाई कानुनले नछोड्ने बताउदै स्वच्छ र भयरहित निर्वाचन गराउन सहयोगको अपेक्षा रहेको छ ।’
जिल्लामा निर्वाचनको विषयमा सुरक्षा र प्रशासनको समन्वय गर्नुपर्छ , प्रजिअसँगको समन्वयमा ५ वटै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । अरु निर्वाचनका कार्यक्रम क्रमश जानकारी गराउदै २३ गते मनोनय गर्ने कार्यक्रम रहेको उनले बताए ।
मनोनयन दर्ताको लागि समयको तयारी, अचारसंहिता, निर्देशिका र नियमहरुको विषयमा असोज २१ गते सर्वदलीय बैठक बस्ने उनको भनाइ छ ।
सुरक्षित, निष्पक्ष र स्वतन्त्र रूपमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दल तथा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले बताए ।
रूपन्देहीको भैरहवामा बाल मन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे र मुख्य निर्वाचन अधिकृत कोइरालाले संयुक्त रूपमा कार्यालयको उद्घाटन गर्दै निर्वाचनलाई स्वतन्त्र, सुरक्षित र निष्पक्ष बनाउनका लागि आचारसंहिता पालना गराई निर्वाचन सफल बनाउने बताए ।
देशैभरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम अनुसार रूपन्देहीको ५ वटै क्षेत्रमा कार्यालय स्थापना भई उद्घाटन भएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले मतदानको अघि, मतदानको दिन र मतदान पछिको कार्यक्रमका लागि सुरक्षा प्रदान गर्न विशेष सुरक्षा योजना स्वीकृत गरिएको बताए ।
आचारसंहित लागू भइसकेकोले यसको पूर्ण पालना गर्नका लागि समेत अनुगमन समितिले कार्य गरिरहेकोले आचारसंहित उल्लघन र गुनासो दलहरूबाट नै हुने भएकोले सबैले अनुशासनमा रही निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित बनाउन उनले आग्रह गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij