Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

गाउँ घरमा देखिन छाडे पिङ

गाउँ घरमा देखिन छाडे पिङ

  • 285
    SHARES
  • गाउँ घरमा देखिन छाडे पिङ

    काठमाडौं । विगतका वर्षहरूमा दसैँ लागेसँगै गाउँका युवाहरु पिङ हाल्न जुट्ने गर्थेँ । तर वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै गाउँ घरमा पिङ पनि देखिन छाडेका छन् ।

    पिङ हालेको देखेपछि दसैँ आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । गाउँघरमा दसैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन छ । विशेष गरि पिङको दसैँमा छुट्टै महत्व छ ।

    केही वर्ष पहिला जिल्लाका विभिन्न स्थानमा  पिङ देखिन्थे । दसैँ मनाउनका गाउँ गएकाले पनि गाउँमा पिङ हालेर रमाइलो गर्दथे तर विस्तारै पिङ हाल्ने प्रचलन लोप हुन थालेको छ ।

    पहिला पहिला दसैँ आउनुअगावै पिङ हालेर रमाइलो हुने भए पनि आजभोलि त्यस्तो प्रचलन हराउँदै आएको लमजुङकाे बेसिशहर नगरपालिका-११ का डगमान श्रेष्ठ बताउछन् ।

    उनले भने, ‘दसैँमा पिङ खेल्ने, रमाउने परम्परा हराउँदै गयो, आधुनिकताका कारण यी सबै इतिहासमा सीमित हुने हो की भन्ने चिन्ता छ । आजभोलि  गाउँमा पनि पिङ देख्न छाडियो ।’

    पहिला–पहिला दसैँ आएपछि गाउँघरमा पिङ खेलेर रमाइलो गर्ने प्रचलन भए पनि आजभोलि त्यस्तो क्रम घट्दै गएको बेसिशहर ८ कि कमला केसी बताउँछिन् ।

    विगतका वर्षमा ल प्रत्येक गाउँमा पिङ देख्ने गरिए पनि आजभोलि निकै काम मात्रै पिङ देखिने श्रेष्ठको भनाइ छ । उनले भने, ‘पहिला पहिला जताततै पिङ देखिन्थ्यो, पिङ खेल्न पालो कुर्नुपथ्र्यो, आजभोलि विस्तारै घट्दै छ ।’

    उनले संस्कृति जोगाउनका लागि युवापुस्ताले पिङ सस्कृतिमा चासो दिनुपर्ने उनी बताउँछन् । शहर बजार र जिल्ला बाहिर भएका व्यक्ति दसैँ मान्न घर फर्किदा गाउँघर भने रमाइलो हुने गरेको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij