Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

गाउँघर भरिँदै, शहर रित्तिदै

गाउँघर भरिँदै, शहर रित्तिदै

  • 435
    SHARES
  • गाउँघर भरिँदै, शहर रित्तिदै

    काठमाडौं । दसैँको टिकाको दिन नजिकिएसँगै शहरी क्षेत्र सुनसान बन्दै गएको छन् भने ग्रामीन क्षेत्रमा मानिसको चहलपहल बढेको छ ।

    फुलपातिको अघिल्लो दिनसम्म बजारमा चहलपहल देखिए पनि अधिकांश मानिस घर फर्केका कारण चहलपहल घट्दै गएको नयाँ बजारमा चिया तथा खाजाको व्यवसाय सञ्चालन गर्दै आएका राजु क्षेत्रीले जानकारी दिए ।

    दसैँका लागि बिक्रीमा ल्याइएका खसी तथा च्यांग्राको व्यापारका मुख्य केन्द्रहरू टुँडिखेल, खसीबजार लगायतमा फुलपातिका दिनसम्म मानिशहरूको भीडभाड रहेपनि ती स्थानमा पनि चहलपहल घट्दै गएको छ ।

    दसैँका लागि पोखरामा विगतमा भन्दा कम सङ्ख्यामा च्यांग्रा आएको र मूल्य पनि विगतमा भन्दा महंगो भएपछि यस पटक खसी तथा बोकाको व्यापार बढेको व्यापारीहरू बताउँछन् ।

    पोखरा आसपासका गाउँबाट जिउँदो खसी बोका ६५० देखि ७५० रूपैयाँसम्म खरिदबिक्री भइरहेको छ । बजार क्षेत्रमा चहपहल कम हुँदै गएका अवस्थामा पोखरा आसपासका मठमन्दिरमा भने भीडभाड कायमै छ ।

    नवदुर्गालाई लक्षित गरि पोखराको विन्दुवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सञ्चालन गरिएको छ । पोखरा आसपासका विभिन्न शक्तिपीठमा नवदुर्गालाई लक्षित गरि नवदुर्गा महोत्सव एवं विशेष पूजा गरिएको छ ।

    पोखरा आसपासका कास्कीकोट, भरतपोखरीको कोटभैरव मन्दिरमा दसैँ विशेष पूजाआजा चलिरहेको छ ।

    भरतपोखरीको कोटभैरव मन्दिरमा मल्लकालीन परम्परालाई निरन्तरता दिदै यस वर्ष पनि घटस्थापना गरी निरन्तर पूजाआज भइरहेको कोटभैरव मन्दिर संरक्षण तथा पूजा व्यवस्थापन समितिका कोषाध्यक्ष कर्णकुमारी महतले जानकारी दिए ।

    मन्दिरमा विधिवत् फुलपाति भित्र्याइएको र आज महाअष्टमी विशेष पूजाका साथै कालरात्रि गरिने उनले जानकारी दिए । मन्दिरमा महानवमीको पूजासँगै विजयादशमीका दिन सामूहिक रूपमा टीकाप्रसाद लगाउने प्रचलन छ ।

  • सम्बन्धित विषय:

  • # दसैं

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij