Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बस र ट्रक ठाेक्किँदा १५ घाइते, ५ जनाको अवस्था गम्भीर

बस र ट्रक ठाेक्किँदा १५ घाइते, ५ जनाको अवस्था गम्भीर

  • 370
    SHARES
  • बस र ट्रक ठाेक्किँदा १५ घाइते, ५ जनाको अवस्था गम्भीर

    काठमाडौं । कैलालीबाट बझाङका लागि छुटेको बस र बझाङबाट धनगढीतर्फ गईरहेकाे ट्रक एक आपसमा ठोक्किदा कम्तीमा १५ जना घाइते भएका छन् ।

    डडेल्धुराको आलिताल गाउँपालिका-१ मा पर्ने गङखेत भन्ने स्थानमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

    ट्राफिक प्रहरीका अनुसार सदूरपश्चिम यातायातको ना ५ ख ६७३४ नम्बरको बस र से १ ख ८७८ नम्बरको ठोक्किएको हो ।

    दुर्घटनामा परी घाईते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

    घाइते २ जनालाई धनगढी र २ जनालाई जिल्ला अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ । बसमा २४ जना सवार थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij