Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सिट बाँडफाँट टुंगो लगाउन ३ बजे बैठक बस्ने

सिट बाँडफाँट टुंगो लगाउन ३ बजे बैठक बस्ने

  • 347
    SHARES
  • सिट बाँडफाँट टुंगो लगाउन ३ बजे बैठक बस्ने

    काठमाडौं । सिट बाँडफाँटको टुंगो लगाउन सत्तारूढ गठबन्धनको बैठक ३ बजे बस्ने भएकाे छ ।

    नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले आगमी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँट गरी उम्मेदवारी दिने विषयमा छलफल ३ बजे बैठक बस्न लागेको हो । झन्डै दुई महिनादेखि जारी प्रयासले आज अन्तिम रूप लिने नेताहरूले बताएका छन् ।

    गठबन्धनको मुख्य सहयोगी जनता समाजवादी पार्टी, नेपालले गठबन्धन भन्दा बाहिर पनि विकल्प खोज्ने निर्णय गरेको केही दिनमा नै बसिरहेको बैठकले प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने पार्टीको नाम टुंगो लगाउने बुझिएको छ ।

    हालसम्म नेपाली कांग्रेसले ८५, नेकपा माओवादी केन्द्रले ४४, नेकपा एकीकृत समाजवादीले १५, ,जनता समाजवादी पार्टीले १३ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्र पाउने गरी छलफल भइरहेको नेताहरूले बताएका छन । यसै सेरोफेरोमा आज सहमति गराउन सत्तारूढ गठबन्धनको बैठक बस्न लागेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij