वेबटिभी खबर
जाजरकोट । रूकुमपश्चिम र डोल्पाका कृषक वर्षेबालीको रूपमा रहेको मकै भित्र्याउन थालेका छन् । मौसम पूर्व अनुमान विभागले पानी पर्ने आकलन गरेसँगै यहाँका किसान मकै भित्र्याउनेमा जोड दिन थालेका हुन् ।
तीन जिल्लाको लागि मकै खेती सबै ठूलो बाली हो । मकै भित्रयाएसँगै खनतोज गरेर तोरी अर्थवा गहुँँ लगाउने गरिन्छ । आकाशे पानीको भरमा लगाइने तोरी र गहुँबाली जमिन ओसिलो हुँदै लगाउने पर्ने बाध्यता छ ।
मकै भित्र्याएको लामो समयसम्मा जमिन खाली राखेमा ओसिलो पन हराउँदै जाने भएकाले छिटोभन्दा छिटो खनजोत गरेर काम पूरा गर्नुपर्ने बाध्यता रहेको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले बताए ।
माथिल्लो भागमा मकै भित्र्याउने क्रम जारी रहेको छ भने तल्लो तथा मध्यभागमा तोरी र गहुँँ लगाउने कासुरु रू भइसकेको उनले जानकारी दिए ।
ढिला गरेर तोरी र गहुँँ रोपेमा उम्रिने समस्या हुने भएकाले किसान दसैँभन्दा बढी खेती किसानीतर्फ नै केन्द्रीत हुनुपरेको पञ्च भयार मावि नलगाडका शिक्षक वीरबहादुर खत्रीले बताए ।
हिउँदेबालीको लागि काम गर्नुपर्ने भएकाले किसान खेतबारीमै दसैँ मनाउने अवस्थामा पुगेको रूकुमपश्चिम आठबीसकोटका तिलक बटालाले बताए ।
गाउँमा पहिले जस्तो पिङ लगाउने, मेला जाने अवस्था कम हुँदै गएको उनको बुझाइ छ । गाउँमा युवाकाे संख्यासमेत कम छ । वैदेशिक रोजगारीका कारण युवा गाउँमा कम मात्रामा छन् ।
गाउँ, गाउँमा मदिराको बढी व्यापार हुने भएकाले गाउँमा घुम्ने वातावरण नभएको बारेकोट गाउँपालिका–५ का गणेश शाही बताउँछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij