वेबटिभी खबर
काठमाडौं । नेपाल प्रहरीले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको छ ।
लामिछाने केहीबेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लँदैछन् ।
उनी विमानस्थलमा ओर्लने बित्तिकै पक्राउ गर्ने गरी तयारी भइरहेको हो । अहिले विमानस्थलमा प्रहरीहरू तैनाथ गरिएका छन् ।
लामिछानेले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफू बिहान १० बजे विमानस्थल ओर्लने जानकारी दिएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij