Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कतार विश्वकप सुरक्षामा टर्कीका प्रहरी

कतार विश्वकप सुरक्षामा टर्कीका प्रहरी

  • 374
    SHARES
  • कतार विश्वकप सुरक्षामा टर्कीका प्रहरी

    काठमाडौं । कतारमा हुन गइरहेको विश्व कप फुटबलको सुरक्षा सहयोग गर्नका लागि टर्कीले आफ्नो प्रहरी पठाउने भएको छ ।

    टर्कीको संसदले सोसम्बन्धी कानुन बुधबार पास गरेसँगै कतार विश्वकपको सुरक्षा जिम्मा टर्कीले पनि पाउन लागेको हो ।

    टर्कीले आफ्नो प्रहरी कतार पठाउने विषयमा संसदमा शनिबार प्रस्ताव ल्याएको र सोसम्बन्धी प्रस्ताव बुधबार पारित भएलगत्तै टर्की प्रहरीलाई कतार विश्वकपमा सुरक्षा गर्ने कानुनी बाटो खुलेको हो  ।

    कतारले टर्कीसँग सुरक्षा सहयोगका लागि अनुरोध गरेको थियो र सो लगत्तै कतारमा हुने विश्वकप फुटबलमा सहयोगका लागि टर्कीले प्रहरी पठाउने कानुन पारित भएको जानकारी दिएको छ ।

    उक्त प्रस्ताव अनुसार टर्कीले कतारमा छ महिनासम्मका लागि प्रहरी पठाउने छ । टर्कीले कतारमा के कतिजना सेना पठाउने भन्ने बारेमा भने केही पनि बताएको छैन ।

    कानुन पारित भएलगत्तै कतार विश्वकपको जिम्मेवारी लिनका लागि टर्की प्रहरीले तयारी सुरु गरेको छ । कतार विश्वकप आगमी ४ मंसिरदेखि सुरु हुदैँछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij