Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, जसपा अनुपस्थित

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, जसपा अनुपस्थित

  • 356
    SHARES
  • बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, जसपा अनुपस्थित

    फाइल तस्बिर

    काठमाडौं । सत्ता गठबन्धनको बैठक शुक्रबार बिहानदेखि प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी रहेपनि  समाजवादी पार्टी (जसपा)ले भने उपस्थिति जनाएको छैन । मनाेनयन दर्ता गराउने दिन नजिकिएसँगै सिट बाँडफाँटमा कुरा नमिल्दा यतिबेला गठबन्धनका दलबीच केही किचलाे देखिएकाे छ । 

    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सिट बाँडफाँटमा असन्तुष्ट जनाउँदै आएको जसपाका अध्यक्ष उपेन्द्र यादव बिहीबार बसेको सत्ता गठबन्धनको बैठक बीचमै छाडेर  एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट गएका थिए ।

    गठबन्धनले भन्दा नेकपा एमालले जसपालाई बढी सिट दिने भएपछि यतिबेला जसपा गठबन्धनभन्दा एमाले तीर नजिक हुन खोजिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij