Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

एमाले,जसपा र राप्रपा निर्णायक वार्तामा

एमाले,जसपा र राप्रपा निर्णायक वार्तामा

  • 540
    SHARES
  • एमाले,जसपा र राप्रपा निर्णायक वार्तामा

    काठमाडौं । आगामी मंसीर ४ गते हुने प्रतिनिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहँदा नेकपा एमालेले जनता समाजवादी पार्टी नेपाल(जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग औपचारिक वार्तालाई तीव्रता दिएको छ । जसपा सत्तारूढ पार्टी हाे ।

    पाँच दलीय गठबन्धनमा आबद्ध जसपा नेपालसँग बिहिबार राति अबेरसम्म भएको बार्ता ‘निर्णायक अवस्था’मा पुगिरहेको बेला एमालेले आज अपरान्ह १ बजे राप्रपासँग पनि निर्णायक वार्ता गर्दैछ ।

    दुवै पार्टीले तयार पारेको अनौपचारिक सहमतिलाई औपचारिक सहमतिमा टुंग्याउने गरि दुवै पक्षबीच निर्णायक वार्ता हुन लागेको हो ।

    दुवै दलसँग यसअघि विभिन्न चरणमा छलफल भएको र सम्भवतः शुक्रबार नै सहमतिको खाका सार्वजनिक गर्ने गरि वार्तालाई तीव्र बनाइएको नेताहरूले जनाएका छन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij