Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

भारतमा बनेको खोप २ वर्षमाथिका बालबालिकामा परीक्षण गर्न अनुमति 

भारतमा बनेको खोप २ वर्षमाथिका बालबालिकामा परीक्षण गर्न अनुमति 

  • 1.4K
    SHARES
  • भारतमा बनेको खोप २ वर्षमाथिका बालबालिकामा परीक्षण गर्न अनुमति 

    नयाँ दिल्ली । भारत बायोन्टेकले बनाएको कोभ्याक्सिन खोप दुई देखि १८ वर्ष उमेरसम्मका बालबालिका र किशोरहरुमा परीक्षण गर्न सेन्ट्रल ड्रग्स स्ट्यान्डर्ड कन्ट्रोल अर्गनाइजेसन (सिडिएससिओ) को विज्ञ समितिले मंगलबार अनुमति दिएको छ ।

    images

    यो परीक्षण एम्स अस्पताल दिल्ली, पटना र मेडिट्रिना इन्स्टिट्युट अफ मेडिकल साइन्सेज नागपुरमा पाँच सय २५ जनामा गरिनेछ ।

    सुत्रका अनुसार विज्ञ समितिले कम्पनीलाई तेस्रो चरणको परीक्षणका लागि सिडिएससिओबाट अनुमति लिनुभन्दा अगाडि डेटा अनुगमन बोर्डलाई दोस्रो चरणमा भएकाे परीक्षणको तथ्यांक उपलब्ध गराउन निर्देशन दिएको थियो ।

    यसभन्दा अगाडि २४ फेबु्रअरीमा भएको बैठकमा बायोन्टेकको प्रस्तावमाथि विचारविमर्श गर्दै संशोधित क्लिनिकल परीक्षण  प्रोटोकल पेश गर्न निर्देशन दिइएको थियो ।

    भारतीय चिकित्सा अनुसन्धान परिषद् आइसिएमआरको सहयोगमा भारतले नै विकास गरेको कोभ्याक्सिन खोप १८ वर्षभन्दा माथिका व्यक्तिलाई प्रयोग गर्न अनुमति पाइसकेकाे छ । 

    यस्तै, सोमबार अमेरिकाको औषधि तथा खाद्य विभागले १२ देखि १५ वर्षका बालबालिकाका लागि फाइजर बायोन्टेकले विकास गरेको खोप प्रयोग गर्न अनुमति दिएको छ ।

    अमेरिकाले यसभन्दा अगाडि १६ वर्षभन्दा माथिकालाई मात्र खोप लगाउँदै आएको थियो । विश्वमै सबैभन्दा पहिला बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप प्रयोग स्वीकृत गर्ने देश क्यानडा हो । 

    अमेरिकामा बालबालिकालाई पनि खोप लगाउन सुरु  अमेरिकामा बालबालिकालाई पनि खोप लगाउन सुरु  बाह्र वर्ष मुनिका बालबालिकामा फाइजरको कोरोना खोप परीक्षण सुरु  बाह्र वर्ष मुनिका बालबालिकामा फाइजरको कोरोना खोप परीक्षण सुरु 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology