Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

साहस ऊर्जाले एक अर्ब पाँच करोडको आइपीओ निकाल्दै

साहस ऊर्जाले एक अर्ब पाँच करोडको आइपीओ निकाल्दै

  • 1.9K
    SHARES
  • साहस ऊर्जाले एक अर्ब पाँच करोडको आइपीओ निकाल्दै

    काठमाडौं । साहस ऊर्जा कम्पनीले एक अर्ब पाँच करोड रुपैयाँ बराबरको एक करोड पाँच लाख कित्ता आइपीओ निकाल्ने भएको हो । गत चैतमा कम्पनीले आइपओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

    आइपीओ निष्काशन अनुमतिका लागि प्रक्रियामा रहेको कम्पनीले बोर्डबाट अनुमति पाउना साथ आइपीओ निष्कासन गर्ने जनाएको छ । उक्त कम्पनीले संङखुवासभामा ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

    उक्त आयोजनाको निर्माण लागत करिब ११ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । यस अनुसार आयोजनाको लागत प्रति मेगावाट साढे १३ करोड रुपैयाँ हाराहारी मात्रै रहेको छ ।

    वार्षिक ५२० गिगावाट आवर विद्युत ऊर्जा उत्पादन गर्ने आयोजनाले सुख्खायाममा १०० गिगावाट र वर्षायाममा ४२० गिगावाट आवर ऊर्जा उत्पादन गर्ने छ । जसबाट आयोजनाले वर्षायाममा एक अर्ब ९२ करोड र सुख्खा याममा ८४ करोड गरि वार्षिक दुई अर्ब ८६ करोड रुपैयाँको विद्युत बिक्रि गर्ने छ ।

    प्रति मेगावाट लागत पनि कम र ऊर्जा उत्पादन पनि आकर्षक रहेको आयोजनाको क्रेडिट रेटिङ पनि सकारात्मक रहेको छ । आयोजनाले इक्रा एनपी बीबीं रेटिङ पाएको छ ।

    यसले अर्थ कम्पनीले वित्तीय दायित्व समयमै पूरा गर्न सक्छ भन्ने हो । विभिन्न कम्पनीहरुले पुँजी बजारमा शेयर निष्काशन गरिरहेको अवस्थामा साहस ऊर्जाले पनि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने तयारी गरेको हो ।

  • सम्बन्धित विषय:

  • # आइपीओ

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology