वेबटिभी खबर
काठमाडौं । सरकारले बंगलादेशबाट कोरोना संक्रमितको उपचारका लागि अत्यावश्यक सामग्री ल्याएको छ ।
सरकारले हिमालय एयरलाइन्समार्फत मंगलबार राति ६ हजार ३ सय ४० किलो स्वास्थ्य सामग्री नेपाल भित्र्याएको हो ।
सो जहाजले नेपालस्थित बंगलादेश राजदूतावासका कर्मचारी तथा बंगलादेशी नागरिकसहित ५२ जनालाई मंगलबार दिउँसो काठमाडौं-ढाका चार्टर्ड उडान गरेको थियो ।
उक्त जहाज मंगलबार राति ८ बजे मेडिकल कार्गो लिएर काठमाडौं आएको हो ।दैनिकजसो कुनमिङबाट कार्गो ल्याइरहेको हिमालय एयरलाइन्स मंगलबार राति कार्गोका लागि कुनमिङ गई बुधबार बिहान आइपुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij