Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बसमा आगलागी हुँदा १२ जनाको मृत्यु

बसमा आगलागी हुँदा १२ जनाको मृत्यु

  • 436
    SHARES
  • बसमा आगलागी हुँदा १२ जनाको मृत्यु

    एजेन्सी । महाराष्ट्रको नासिकमा एउटा बसमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

    नासिक-औरंगाबाद राजमार्गमा डिजेल ढुवानी गर्ने ट्रेलर ट्रकलाई ठक्कर दिएपछि बसमा आगो लागेको थियो ।

    नासिकका प्रहरी उपायुक्त अमोल ताम्बेले मृत्यु हुनेमा अधिकांश बसका यात्रुहरू रहेको र घाइतेहरूलाई उपचारको लागि अस्पताल लगिएको छ ।

    उनले आगलागीको वास्तविक कारण पत्ता लगाउन मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij